• १३ असोज २०८३, मंगलबार
  • ४ः२८ बेलुका

फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेकाछौं : सभामुख सापकोटा

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ०९:३३

६ भदौ २०७९, काठमाडौं:  सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

National Life

सिंहदरबार कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’ आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए ।


सभामुखले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरेका थिए । भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लिस्याङ हेयोनले आफूहरु नेपाललाई माया गर्ने सांसदहरु रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालका विभिन्न सहरमा फोहोरमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गम्भीरताका साथ अध्ययन गर्ने जानकारी दिएका थिए ।


कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी पनि गराएको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिलएन, हृयाक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क चोङ सुक लगायत सहभागी थिए ।

प्रतिकृया