• २६ भदौ २०८३, शुक्रबार
  • ३ः३८ दिउँसो

नेपाली र अमेरिकी सेनाबीच आजदेखि एक महिनासम्म संयुक्त सैन्य अभ्यास

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार १०:४९

तस्बिर– फाइल

National Life

३१ साउन २०७९, काठमाडौं: नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त तालिम हुँदैछ । ‘एक्स व्यालेन्स नेल २२९५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण हुन लागेको सेनाले जनाएको छ ।


रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छ । नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम–अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित सोमबार नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया