• ३१ भदौ २०८३, बुधबार
  • ७ः४७ बेलुका

धादिङको महेशखोलामा माइक्रो खस्दा १३ जना घाइते

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०९:२७

काठमाडौं । धादिङमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

National Life

एक आपसमा ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको थियो । माइक्रोमा यात्रा गरेका १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सबैको उद्दार गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिनुभयो ।

प्रतिकृया