• १९ भदौ २०८३, शुक्रबार
  • १२ः२९ राती

कंगोमा शान्ति सेनामाथि आक्रमण

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०३:५२

११ साउन २०७९,काठमाडौंः कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा समेत आक्रमण गरेका छन्। कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा मंगलबार प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन्। त्यहाँ रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाका प्रवक्ता नारायण सिलवालले बताए।


‘हामी त्यहाँ रहेका नेपाली सैनिकसँग नियमित सम्पर्कमै छौं। त्यहाँको घटनालाई नजिकबाट नियालिरहेका छौं। उहाँहरू सुरक्षित रहेको जानकारी पाएका छौं,’ सिलवालले भने। आक्रमणमा दुई जना भारतीयसहित तीन शान्ति सैनिकको मृत्यु भएको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दुस्ख व्यक्त गरेका छन्। ‘आक्रमणबाट दुई जना भारतीय सैनिकको मृत्यु भएको समाचारप्रति निकै दुस्खी छु। आक्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ,’ उनले भनेका छन्।

Kamana Sewa

शान्ति सैनिकमाथिको आक्रमणलाई राष्ट्रसंघले युद्ध अपराध भनेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्-शान्ति सेना माथिको आक्रमण युद्ध अपराध हो।

Classic Tech Desktop

प्रतिकृया