• १९ भदौ २०८३, शुक्रबार
  • २ः१३ राती

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,२३.८३ अंकले बढेर २१११.९९ विन्दुमा

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०३:२९

११ साउन २०७९,काठमाडौंः सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ। नेप्से २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा मंगलबारको तुलनामा कारोबार रकम भने केही घटेको छ। आज ३ अर्ब बढीको सेयर कारोबार भयो। मंगलबार २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँमा कारोबार भएको थियो।


आज बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक उकालो लागेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ४.१३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको २.६ प्रतिशतले बढ्यो। तर ट्रेडिङको ०.५८ प्रतिशतले घटको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ९४ लाख बढीको सेयर खरिदबिक्री भयो।

Kamana Sewa

प्रतिकृया