• २२ भदौ २०८३, सोमबार
  • २ः३४ दिउँसो

विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन नसक्नु ठूलो चुनौती: मन्त्री कुँवर

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०३:१०

५ साउन २०७९, काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन्। बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन्।

National Life

उनले अहिले अरबमा मृत्यु भएका नेपाली श्रमीकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको बताए। उनले अवैधानिक रुप अरब काम गर्न गएका त्यही देशमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गरे। मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताए। मन्त्री कुँवरले विदेशमा मृत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएन दुवैका दायित्व भएको बताए।


उनले भने, ‘अहिले हेड्याक्कको विषय भनेको अरब तिर केही शवहरु छन्। जो इलिगल रुपमा केही देशहरुमा गएका थिए। हाम्रै नेपाली नागरिकहरु हुन्। उनीहरुको शवलाई हामीले दाहसंस्कार गर्न सकेका छैनौं। त्यो नेपाल सरकारको लागि चुनौतीको विषय हो। यो कुरालाई सामना गर्ने कुरामा त्यहाँ केही कोममा भएका दाजुभाइहरु छन्। उहाँहरुलाई पनि देशभित्र ल्याउने कुरामा हाम्रो साझा दायित्व के हुन्छ। एनआरएन र सरकार दुबैले ध्यान दिनुपर्नेछ।’

Classic Tech Desktop

मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए। उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए।


मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार रहेको बताए। उनले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताए। मन्त्री कुँवरले हुण्डी तथा चोरबाटो बाट आउने रेमिट्यान्स नियन्त्रण गर्नसके रेमिट्यान्स बढ्नसक्ने बताए।


उनले नेपालीहरु विदेशमा विज्ञको रुपमा काम गर्ने तर नेपालमा विश्वास नगर्ने अवस्था रहेको भन्दै अब नेपाली विज्ञहरुलाई विश्वास गरेर काम गराउन जरुरी रहेको बताए। मन्त्री कुँवरले नेपाली श्रमिकले नेपालमा नै विश्वास गरे काम गर्न दिए कम खर्च र देशको ऐन, कानूनप्रति जवाफदेही हुने दाबी गरे।


त्यस्तै कार्यक्रमा बोल्दै श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले सबै भन्दा धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र रहेको बताए। उनले वैदेशिक रोजगारीले जीडिपीमा ५७ प्रतिशत योगदान भनेपनि चाहेजति व्यवस्थित बनाउन नसकेको बताए। सचिव अर्यालले अहिले सरकारले देशभित्र वा बाहिरका रोजगारदाता र श्रमीक खोज्ने अनलाइन सिस्टम बनाउन लागेको बताए।


उनले नेपाली श्रमिकले विदेशमा काम गर्न जाने कम्पनीको बारेमा, आफू पाउने तलब र कामको लागि गरिएको सम्झौता देख्न पाउनुपर्ने बताए। सचिव अर्यालले अब नेपाली श्रमिकले नेपालबाट एउटा कामको लागि सम्झौता गरेर विदेश जाने, विदेश पुगेर अर्को काम गर्नुपर्ने स्थितिको सरकारले अब अन्त्य गर्ने दाबी गरे। सचिव आर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताए। खाडी मुलुकमा जाने श्रमिकको लागि पनि २ लाख लिने प्रचलन रहेको भन्दै त्यसको पनि सरकारले अन्त्य गर्न आवश्यक रहेको बताए।

प्रतिकृया