मोटरसाइकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०७९ श्रावण ५ गते, बिहीबार ०२:२१
५ साउन २०७९, काठमाडौंः मोटरसाईकल चोरी गर्ने एक जनालाई मोटरसाइकल र स्कुटर सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ।पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ।

हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानीएवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिलसडक खण्डबाट वास्तबिक नम्बर परिवर्तन गरी बा ४४ प ४७५९ नम्बरको कालो रातो प्लेजर स्कुटर चलाई रहेको अवस्थामा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालीका वडा नं. ७ चुच्चेपाटी बस्ने वर्ष ४० को सन्तोष चालिसेलाई स्कुटर सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले जानकारी दिए ।
उक्त स्कुटरको वास्तविक नम्बर बा ४३ प ५४७७ रहेको खुल्न आएको छ ।उक्त पक्राउ भएको स्कुटर चावहील स्थित हेल्पिङ्ग ह्याण्डस अस्पताल नजिकबाट हराएको भनी रन्जिता महर्जनले यस कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसै गरी थप अनुसन्धानको सिलसिलामा सोधपुछ गर्दा निजले काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडां नं. ४ गोकर्णस्थित सडक छेउमा लुकाई छिपाई राखेको बा ६५ प १२५८ नम्बरको स्प्लेण्डर मोटरसाईकल फेला पारेको छ ।

उक्त पक्राउ भएको मोटरसाईकल चावहील के एल टावरबाट बिबेक महर्जनको मोटरसाईकल हराएको खुल्न आएको हो । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकल र स्कुरटलाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त गौशाला पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिकृया