• १३ असोज २०८३, मंगलबार
  • २ः५३ दिउँसो

धादिङको ज्वालामुखि गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण गुरुङले राज्यलाई ५० लाख रुपैयाँ भन्दा बढी हानी पुर्याएको खुलाशा

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ०६:३७

४ साउन २०७९, काठमाडौँ : धादिङको ज्वालामुखि गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण गुरुङले पदिय आचरण विपरित अख्तियारको दुरुपयोग गरेको पाइएको छ । उनले एक व्यक्तिलाई किर्ते सिफारिस गरेर राज्यलाई ५० लाख रुपैयाँ भन्दा बढी हानी पुर्याएको पाइएको खुलाशा भएको छ । रमेश दवाडी नाम गरेका युवाले सामाजिक सञ्जालमा वडाध्यक्षलाई इंगित गर्दै लेखेको स्ट्याटसमा उनले प्रतिक्रिया जनाएका छन् ।

National Life

उनले भनाई जस्ताको तस्तै तिम्रो भाइ प्रकाशको ग्रिन हाउस ५० लाखको योजनामा एक रुपैयाँ पनि काम नहुँदा काम सम्पन्नको सिफारिस गरेर पठाएँ । त्यो पनि तिमीले भनेको भएर घरबाटो सिफारिसको खाली प्याडमा सहि गरेर तिमीलाई दिएँ । अझै तिम्रो अफिसको डोयरमा ती प्याडहरु बाँकी होला । त्यो चाहीँ मनलाग्दी भएन होइन,’ गुरुङले लेखेका छन्,‘हिक्मत हो भने त्यो पनि मनलाग्दी हो भनेर लेख अनि म उत्तर दिन्छु ।’


गत वैशख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित गुरुङ त्यसअघि नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया