बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालय बस्न ओलीलाई गजुरेलको सुझाब
प्रकाशित मिति
२०७६ श्रावण ४ गते, शनिबार ०६:४०
काठमाडौंः नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुने भन्ने अभिव्यक्ति दिनु भएको छ । उहाले बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भएको महशुस भए भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बस्न पर्ने बताउनु भएको छ । गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताउनु भएको हो । सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उहाको आरोप छ ।
हिजो रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले सो कुरा बताउनु भएको हो । उहाले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता दुविधामा रहेको पनि टिप्पणी गर्दै एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएकोे बताउनु भयो ।





प्रतिकृया