• ७ असोज २०८३, बुधबार
  • १२ः०७ राती

अवैध लागुऔषधसहित एकजना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ४ गते, शनिबार ०६:१३

स्याङजाः वालिङ नगरपालिका—८ स्थितबाट अवैध लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुन चौपारी गाउँपालिका—२ बस्ने २२ वर्षीय अरबिन परियार रहेका छन् ।

National Life

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल, नोर्फिन २५ एम्पुल र नाईट्राभेट ट्याबलेट ६ पिससहित बिहीबार दिउँसो पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया