• २० भदौ २०८३, शनिबार
  • ११ः०९ राती

एकै दिन १२१ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०५:५८

२६ असार २०७९, काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय पिसिआर परीक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

National Life

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको जनाएको छ । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया