• १९ भदौ २०८३, शुक्रबार
  • ८ः३० राती

भियाग्रा ओभरडोजका अनेक घटना, घण्टौँसम्म उत्तेजना नघटेपछि गर्नुपर्‍यो लिंगको शल्यक्रिया

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०६:५१

२३ असार २०७९, एजेन्सी : जुलाई ३ मा भारतको महाराष्ट्र राज्यको नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भयो । प्रहरी अनुसन्धानका क्रममा युवकको खल्तीबाट भियाग्राको चक्की फेला पर्यो । होटलमा प्रेमिकासँग सम्बन्ध राख्ने क्रममा भियाग्राको ओभरडोजका लिएको कारण उनलाई हृदयघात भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।


जुन ४ मा उत्तर प्रदेशको प्रयागराजमा भियाग्रा ओभरडोजको कारणले घण्टौंसम्म लिंग उत्तेजना भएपछि २८ वर्षीय पुरुषले दुईपटक शल्यक्रिया गर्नुपर्यो । केही महिनाअघि बिहे गरेका ती युवकले साथीहरुको सल्लाहमा भियाग्राको ओभरडोज लिन थालेका थिए । यी दुई घटनाले भियाग्राबारे आम मानिसमा न्युन ज्ञान भएको देखाएको छ । भियाग्रालाई सामान्यतया सेक्स पावर बढाउने औषधि मानिन्छ, तर यो पूर्ण सत्य होइन । यहाँ भियाग्राबारे केही रोचक किस्सा र भ्रम तोड्ने प्रयास गरिएको छ ।

Kamana Sewa

संयोगले आविष्कार भएको थियो भियाग्रा

Classic Tech Desktop

सन् १९८९ मा अमेरिकी औषधि निर्माता कम्पनी फाइजरको एक अनुसन्धान टोलीले एन्जाइनाको (मुटुमा रगत आपूर्ति गर्ने नसाहरू साँघुरिने समस्या, जसले छाती दुख्ने र सास फेर्न गाह्रो हुन्छ) औषधिमा अनुसन्धान गरिरहेको थियो । फाइजरको अनुसन्धान टोलीले सिल्डेनाफिल नामक एक नयाँ यौगिक निर्माण गर्यो र केही पुरुषहरूमा परीक्षण गर्यो । परीक्षणका क्रममा सिल्डेनाफिलले मुटुको दुखाइ कम गरेन । यस्तोमा, फाइजरले यो अनुसन्धान परियोजनालाई टुङ्ग्याउने सोच बनाएको थियो ।
तर त्यही समयमा क्लिनिकल परिक्षणका सहभागी व्यक्तिले सिल्डेनाफिलको फरक प्रभाव उल्लेख गर्न थाले । वास्तवमा, परीक्षणमा भाग लिएका अधिकांश पुरुषहरूले तिनलाई नियमित दिइएको औषधिले तिनको लिंग उत्तेजित बनाएको महसुस गरे । तिनको यौन जीवनमा पनि सुधार आउन थालेको थियो ।


भियाग्रा खाएपछि कसरी बढ्छ उत्तेजना ?

फाइजरले मुटुमा रगतको प्रवाह गराउन बनाएको औषधिले लिंगको नसामा रगत प्रवाह बढाएको पाइयो । भियाग्रामा हुने नाइट्रिक अक्साईडले लिंगको माँसपेसीलाई खुकुलो बनाएर तिनमा रगतको प्रभाव बढाउँछ । शारिरमा यौन उत्तेजनाको समयमा यो रसायन प्राकृतिक रुपममा निस्कने गर्छ । खासमा वैज्ञानिकहरुले शारिरमा नाईट्रिक अक्साईड रिलिज भएर मुटुको माँसपेसीमा रगतको वहाब बढ्ने आसा गरेका थिए । यी नतिजाहरू पछि, फाइजरले सिल्डेनाफिललाई इरेक्टाइल डिसफंक्शन अर्थात् लिंग उत्तेजित नहुने समस्या भोगिरहेका पुरुषहरुमा प्रयोग गर्न थाल्यो, जुन सफल भयो ।


परिणाम स्वरुप कम्पनीले सन् १९९६ मा यो औषधिको पेटेन्ट लियो र सन् १९९७ मा उसले अमेरिकाको औषधीलाई स्वीकृत गर्ने सस्था ‘युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’बाट प्रयोगका यसको आम प्रयोगको लागि आवेदन दियो । एफडीएले सन् १९८८ मार्च २७ मा मेडिकल प्रयोगको लागि सिल्डेनाफिल नामक औषधिलाई स्वीकृत गर्यो । सिल्डेनाफिलको ब्रान्ड नाम हो, भियाग्रा हो । अप्रिल १९९८ बाट यो औषधि अमेरिकी मेडिकल स्टोरहरूमा पुग्न थाल्यो ।


सार्बजनिक भएको दुई वर्षमा १ अर्ब डलर बढीको विक्री

यौन उत्तेजना बढाउने औषधि भियाग्रा प्रयोगमा आउनेबित्तिकै यसले ठूलो सफलता पायो । बजारमा आएको सुरुवाती तीन महिनामा, अमेरिकामा ३० लाख मानिसहरूलाई डाक्टरहरूले भियाग्रा सिफारिस गरेका थिए । भियाग्राको लोकप्रियता यस्तो थियो कि विश्वव्यापी बिक्री सुरु हुनुअघि नै कालोबजारीमार्फत इजरायल, पोल्याण्ड, साउदी अरबमा यसलाई वास्तविक मूल्यभन्दा पाँच गुणा बढी मूल्यमा बिक्री गर्न थालिएको थियो । त्यसबेला भियाग्राको मूल्य लगभग १० डलर थियो । सन् १९९८ बाट अमेरिकाबाहिर युरोपमा यसको विक्री सुरु भएको थियो । यसको सुरुवातको दुई वर्ष भित्र, भियाग्राको वार्षिक आम्दानी एक अर्ब डलर नाघेको थियो ।


भियाग्रालाई प्राय सेक्स टनिक सोचिन्छ, जुन गलत हो

– भियाग्राको बारेमा मानिसहरूको दिमागमा धेरै गलत भ्रमहरु छन् । जस्तो भियाग्रा प्रयोग गर्ने अधिकांश मानिस यसले सेक्स पावर बढाउछ भनेर टनिकका रुपमा खान्छन् । तर विज्ञहरूका अनुसार त्यस्तो होइन । भियाग्राले न त मानिसमा सेक्सको इच्छा बढाउँछ। यसले नपुंसकता पनि निको गर्दैन ।
– भियाग्राले ती व्यक्तिहरूलाई मात्र मद्दत गर्छ जसमा यौन उत्तेजना भएर पनि लिंगको उत्तेजना कायम राख्न सक्दैनन् । र यसले प्रयोग गरेको निश्चित अवधि मात्र प्रभाव गर्छ ।
– भियाग्राले न त गर्भावस्थालाई रोक्छ न यसले एचआईभीजस्ता यौन रोगको विस्तारलाई नै रोक्न सक्छ
– केही मानिसले भियाग्रालाई पार्टी ड्रगको रूपमा समेत सोच्छन् जुन सोच पूर्ण रूपमा गलत हो ।
– सामान्यतया डाक्टरहरूले भियाग्राको २५–३० मिलीग्रामको डोज लिन सिफारिस गर्छन् । तर मानिसहरु धेरै खाए धेरै उत्तेजना हुने भ्रममा बढि डोज लिईदिन्छन् ।

– उदाहरणका लागि, प्रयागराजका लामो समय उत्तेजना भएका युवकले एक दिनमा २५० मिलीग्राम भायग्रा लिएका थिए, जसले गर्दा उनलाई घण्टौंसम्म लिंग उत्तेजित रहने समस्या प्रियापिजम भयो जुन धेरै पीडा हुन्छ । समयमा उपचार नगरिएमा यसले गर्दा व्यक्ति स्थायी रूपमा नपुंसक हुन पनि सक्छ ।

–चिकित्सकका अनुसार ७०–८० प्रतिशत पुरुषमा देखिने यौन समस्या मानसिक हुने भएकाले तिनलाई भियाग्रा सिफारिस गरिँदैन ।

–२०–३० प्रतिशत पुरुषहरूलाई मात्र शारिरिक कारणले उत्तेजना नहुने समस्या हुन्छ, उनीहरुलाई भियाग्रा प्रयोगको गर्ने सल्लाह दिइन्छ, त्यो पनि उचित मात्रामा ।

प्रतिकृया