• २८ भदौ २०८३, आइतबार
  • ५ः३३ बेलुका

ह्वात्तै घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ११:३५

२३ असार २०७९ काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ।आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो ।

National Life

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ। आज चाँदीको भाउ भने सामान्य बढेको छ।तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया