• २५ भदौ २०८३, बिहीबार
  • १०ः५० राती

बाजुराको बुढीगंगामा आज मतदान हुँदै

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०७:२१

२३ असार २०७९, काठमाडौँ : बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान हुँदैछ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

National Life

३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए । १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


१० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ। मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया