माओवादी केन्द्रीय समितिमा आज प्रचण्डले पदाधिकारीका नाम प्रस्ताव गर्ने सम्भावना
प्रकाशित मिति
२०७९ असार २३ गते, बिहीबार ०७:२४

२३ असार २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।मंगलबार र बुधबार स्थगित बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। प्रज्ञा भवन कमलादीमा हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।
यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ। प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहेका छन्। उनले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गरेका थिए। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन।
Related
Recent News
- एक वर्षमा ६५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता
- अपराध र सवारी दुर्घटनामा वृद्धि, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मुद्दा
- यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
- देशभर मनसुनी प्रभाव सक्रिय, बाढी–पहिरोको जोखिम
- एनआईसी एशिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
- बामदेव गौतमको दाबी: “म आन्दोलनको नेता, कहिल्यै असफल भएको छैन”
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया