• २८ भदौ २०८३, आइतबार
  • १ः०६ दिउँसो

समाजवादीबाट यी पाँच नयाँ मन्त्री बन्ने पक्का, राष्ट्रपति कार्यालयले थाल्यो शपथको तयारी

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ०५:४४

१२ असार २०७९ काठमाडौंः एकीकृत समाजवादीले मन्त्री फेर्न निर्णय लिएको २० दिनपछि कार्यान्वयन हुने निश्चित भएको छ। समाजवादीले यसअघि टुंगो लगाएका व्यक्तिहरुलाई नै प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ। पार्टीले दिएको नाम प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरुको शपथ आइतबार नै गर्ने तयारी अघि बढाइएको छ।

National Life

स्रोतका अनुसार ‘सम्भवत आजै शपथ हुने गरी तयारी अघि बढेको छ। नभए भोलि हुन्छ। मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पुगिसकेको छ।’एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरिसकको छ। अब राज्यमन्त्री रहको भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास र शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइने भएको छ। त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी पक्का भएका छन्।


निर्णय भएका तीन नाम फेर्न दबाब परे पनि समाजवादीले जेठ २२ गते पठाएका व्यक्तिलाई नै मन्त्री बनाउने भएको हो।समाजवादीको जेठ २२ गते भएको सचिवालय बैठकले अहिले भइरहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउने निर्णय गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाहिरिने मन्त्रीका कारण विवादमा परेको थियो। सरकार नै धरापमा पर्न सक्ने भन्दै देउवा पार्टी निर्णय कार्यान्वयन गराउन हच्किएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया