• २९ भदौ २०८३, सोमबार
  • १०ः०८ बिहान

घुस प्रकरणमा बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ०५:३४

१२ असार २०७९ काठमाडौंः नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज अमिनलाई सेवाग्राहीबाट रु.३०,००० (तीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा मिति २०७९/०२/१७ गते नियन्त्रणमा लिइएको थियो ।

National Life

अनुसन्धानको सिलसिलामा नापी कार्यालय, रुपन्देहीका अमिन टेक बहादुर रायमाझीले जग्गा हालसाबिक गर्न सेवाग्राही सँग ३०००० घुस माग गरी लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाईबिगो ३०००० (तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिकृया