• २८ भदौ २०८३, आइतबार
  • ९ः४६ राती

आई.एम.ई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ०५:५४

१२ असार २०७९ काठमाडौंः आई.एम.ई लाइफ इन्स्योरेन्सले बालकिकरण जीवन बीमा योजना ल्याएको छ । स्थापनाकाल देखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई.एम.ई लाइफ इन्स्योरेन्स प्रा.लि.ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको सार्वजनिक गरेको छ ।

National Life

बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त बिज्ञप्ति मार्पmत बताए ।


खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उनले दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया