• १ असोज २०८३, बिहीबार
  • १२ः४२ राती

युरोप पठाइ दिने प्रलोभनमा पारी ठगी गर्ने एक युवक पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ०१:५८

काठमाडौं, आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका धापासी बस्ने चितवन रत्ननगर नगरपालिका—४ देवौली घर भएका ३१ वर्षीय नविनकुमार चौधरी रहेका छन् ।

National Life

चौधरीले प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग विभिन्न मितिमा करिब ५१ लाख ५० हजार रुपैयाँ लिई काठमाडौं हुँदै भारतसम्म पुर्‍याइ अलपत्र पारेर सम्पर्कविहिन भइ फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका—६ स्थितबाट फेला पारी मंगलबार साँझ पक्राउ गरेको हो । चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया