अहिले पनि हामीले बिहे गरेको जस्तो लाग्दैन : रणवीर
प्रकाशित मिति
२०७९ जेष्ठ ३१ गते, मंगलवार ०७:२१
३१ जेठ २०७९, एजेन्सी : रणवीर कपुर र आलिया भट्ट बलिउडको सबैभन्दा हट जोडी मध्ये एक हुन् । हालै रणवीरले नयाँ अन्तर्वार्तामा पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा कुरा गरेका छन् । उनले विवाहपछि आफू र आलियाले व्यावसायिक र व्यक्तिगत जीवन कसरी म्यानेज गरिरहेका छन् भन्ने बताए ।
उनले भने, विवाहपछि हाम्रो जीवनमा कुनै ठूलो परिवर्तन आएको छैन। हामी ५ वर्ष सँगै थियौँ, त्यसैले बिहे गरौँ भन्ने सोचेका थियौँ। तर हाम्रो काममा केही कमिटमेन्टहरू छन्, पहिले पूरा गरौँ भन्ने थियो । रणवीरले थपे, विवाहको भोलिपल्टै हामीले आफ्नो काम सुरु गरेका थियौँ। आलिया उनको सुटिङको लागि गइन् भने म पनि आफ्नो फिल्मको सुटिङ गर्न मनाली गएँ।
उनी लन्डनबाट फर्किएपछि र मेरो फिल्म शमशेरा रिलिज भएपछि एक साताको बिदा लिने योजनामा छौँ। अहिले त हामी बिहे गरेको जस्तो लाग्दैन। रणवीर र आलियाको विवाह मुम्बईस्थित आफ्नो घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो । ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए ।







प्रतिकृया