जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई जिम्मा लगाइने
प्रकाशित मिति
२०७९ जेष्ठ १९ गते, बिहीबार १०:५८
१९ जेठ २०७९, काठमाडौंः तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ । गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।
दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए।
।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया