• २० असोज २०८३, मंगलबार
  • ९ः१२ राती

हलिउड अभिनेता जोनी डेपको जीत पूर्व पत्नी एम्बरले दिनेछिन् १५ मिलियन डलर क्षतीपूर्ती

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ११:१५

१९ जेठ २०७९, काठमाडौंः हलिउड फिल्म पाइरेट्स अफ द क्यारिबियन्स फिल्म र सिरिजमा अभिनय गरेका अभिनेता र तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतले जोनी डेपलाई मानहानीको लागि १५ मिलियन क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

National Life

यसमा १० मिलियन डलर क्षतिपूर्तिको रूपमा दिइनेछ भने एम्बरले ५ मिलियन डलर एम्बरलाई दण्डको रुपमा तिर्नुपर्ने हुन्छ । यस्तै, एम्बर हर्डको दुईवटा मुद्दामा अदालतले जोनी डेपले उनको मानहानि नगरेको ठहर गरेको छ, यद्यपि तेस्रो मुद्दामा अदालतले जोनी डेपले आफ्ना वकिलमार्फत एम्बर हर्डको मानहानि गरेको पायो, यसका लागि अदालतले उनलाई मानहानिका लागि दुई मिलियन डलर भुक्तानी गर्न आदेश दिएको छ ।


अदालतको फैसलापछि एम्बर हर्डले आफ्नो बयानमा भनिन्, ‘म आफ्नो निराशा शब्दमा व्यक्त गर्न सक्दिनँ । मेरो मुटु टुटेको छ । प्रमाणको पहाडले पनि पूर्व पतिको शक्ति, प्रतिष्ठा र प्रभाव डगमगाउन सकेन । म यसकारण पनि निराश छु किनभने यो निर्णयले अन्य महिलालाई पनि असर गर्नेछ । यो एउटा झटका जस्तै हो । महिला विरुद्ध हुने हिंसालाई गम्भीरतापूर्वक लिनको लागि पनि यो झटका हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसै क्रममा जोनी डेपले आफ्नो बयानमा भनेका छन्, ‘ सुरुदेखि नै मुद्दाको उद्देश्य सत्य बाहिर ल्याउनु थियो, नतिजा जस्तोसुकै होस् । सत्यलाई कहिल्यै मेटाउन सक्दैन ।’


हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालतको मुद्दा विगत ६ हप्तादेखि चर्चामा थियो । फैसलाको दिन एम्बर हर्ड भर्जिनियाको अदालतमा उपस्थित थिइन् भने जोनी डेप आफ्नो कन्सर्ट रहेको भन्दै फैसलाको दिन अदालतबाट टाढा रहे ।

प्रतिकृया