• १६ असोज २०८३, शुक्रबार
  • २ः०२ राती

फुटबल टिमको कप्तानीमा किरणको विकल्प नवयुग

प्रकाशित मिति

२०७९ जेष्ठ ११ गते, बुधबार ०६:३७

११ जेठ २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ। निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो।

National Life

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो। राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि खेलाडीको समर्थनमा देखिएका किरणलाई कुनै खबर नगरी राष्ट्रिय टिममा समावेश गरिएको थिएन। नवयुगलाई टिम कप्तान नियुक्त गरिएको एन्फा अध्यक्ष शेर्पाले बताए।


हाल नियमित टोलीका १० खेलाडी टिम बाहिर छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा

रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी

फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)

प्रतिकृया