• १६ असोज २०८३, शुक्रबार
  • १ः१९ राती

अन्तिम खेलमा युभेन्ट्सको हार

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०९:४५

८ जेठ २०७९, एजेन्सी : इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २–० ले हराएको छ । शनिबार राति भएको सिजनको आफनो अन्तिम खेलमा फियोरेन्टिनालाई जित दिलाउन अलफ्रेड डुनकान र निकोलस गोन्जालेजले एक–एक गोल गरे ।

National Life

पहिलो हाफको इन्जुरी समयमा अलफ्रेडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।​ निकोलसले खेलको इन्यूरी समयमा गोल गर्दै फियोरेन्टिनालाई २–० को जित दिलाए । जितसँगै फियोरेन्टिनाले ६२ अंक जोडेर सातौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । यता युभेन्ट्सले ७० अंक जोड्दै चौंथो स्थानमा रहेर सिजनको अन्त्य गर्‍यो ।

प्रतिकृया