• १९ असोज २०८३, सोमबार
  • ९ः०६ राती

सबै प्रदेशमा काँग्रेस पहिलो

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०७:४०

८ जेठ २०७९, काठमाडौँ : स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

National Life

मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा ९एमाले० दोस्रो ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको घोषणाअनुसार एमालेले गण्डकी प्रदेशमा सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।


गण्डकी प्रदेशमा काँग्रेस र एमालेले जित्ने स्थानीय तहको प्रतिशत ४२र४२ प्रतिशत बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा काँग्रेस र एमालेका ३५र३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया