• २० असोज २०८३, मंगलबार
  • ३ः२० दिउँसो

बाजुराका मतदाता बोकेको बस दुर्घटना, ३० जना घाईते

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ११:४५

२९ बैशाख २०७९, काठमाण्डौं : स्थानीय तहको निर्वाचनमा मतदानका लागि मतदाता बोकेको बस दुर्घटना भएको छ । दुर्घटना डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भएको हो । दुुर्घटना हुँदा ३० जना घाइते भएका भएको प्रहरी कार्यालय डोटीले जनाएको छ ।

National Life

घाइतेहरु मध्ये १६ जनाएको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।


भारत, महेन्द्रनगर र कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको मालीका यातायातको सु.प.प. ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान करिब ५ः४५ बजे सो स्थानमा दुर्घटना भएको डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

बस दुर्घटना हुनसाथ चालक फरार भएका छन् । उनको खोजीकार्य भइरहेको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिकृया