• २० असोज २०८३, मंगलबार
  • ७ः२४ बेलुका

मोरङको कानेपोखरीमा काँग्रेस एमाले कार्यकर्ताबीच झडप

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार १०:१९

२९ बैशाख २०७९, काठमाण्डौं : मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका–२ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो ।

National Life

झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो ।


झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ । घटनामा संलग्नहरू फरार रहेको प्रहरीले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिकृया