• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार १०:४३

२९ बैशाख २०७९, काठमाण्डौं : नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए । चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।

National Life

यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न माग गरेका थिए ।


नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया