• २० असोज २०८३, मंगलबार
  • ८ः०७ राती

म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक छुटे

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०९:३६

२९ बैशाख २०७९, काठमाडौँ : सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो ।

National Life

हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । तर साथै उनले जेलमा आफूलाई साथीहरू भेट्न नआएकोमा गुनासो समेत गरेका छन् । ‘३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, किस्ने तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी। अरू सब आथे तर तँहरू आइनस् के। त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।’


यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागि इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या ।’ प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो । उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया