• २३ भदौ २०८३, मंगलबार
  • १०ः२७ बिहान

प्रधानमन्त्री देउवा र डब्ल्यूएचओका महानिर्देशकबीच भेट

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०५:५४

९ बैशाख २०७९, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा। गेहब्रेयसले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

National Life

महानिर्देशक डा। टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरै जसोलाई लगाएकोमा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए । महानिर्देशक टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको बताएका थिए ।


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा। टेड्रोसले तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका हुन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया