• २० भदौ २०८३, शनिबार
  • १०ः५२ राती

मधेसका मुख्य पालिकाहरुमा लोसपा र एमालेबीच चुनावी तालमेलको तयारी

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०३:३९

९ बैशाख २०७९, काठमाडौं : मधेस प्रदेशका मुख्य पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमालेबीच तालमेलको तयारी भइरहेको छ । यद्यपि दुवै दलले आपसमा चुनावी तालमेलबारे आन्तरिक सहमति भए पनि औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

National Life

वीरगञ्ज महानगरपालिकामा दुवै दलले तालमेल गर्ने भएका छन् । बिहीबार पर्सामा पत्रकार सम्मेलन गरेर यसबारे घोषणा गरिएको हो । मधेस प्रदेशका अन्य प्रमुख पालिका तथा प्रदेश १ को विराटनगर महानगरपालिकामा समेत आपसमा तालमेल गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।


स्रोतका अनुसार विराटनगर महानगरपालिका, बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिकामा चुनावी तालमेलका लागि दुई दलबीच संवाद सुरु भएको छ । अन्य नगरपालिका तथा गाउँपालिकामा पनि यी दुई दलबीच चुनावी तालमेल हुन सक्ने सम्भावना रहेको छ ।

Classic Tech Desktop

लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य एकवाल मियाका अनुसार एमालेसँग बारामा गठबन्धनका लागि शनिबारदेखि छलफल हुन्छ । बारा जिल्लामा दुईवटा उपमहानगरपालिकासहित १६ पालिका छन् । ती पालिकामा कहाँ(कहाँ तालमेल हुन सक्छ भन्नेबारे दुवै दलका बीचमा शनिबार छलफल हुने उनले बताएका छन् ।


जनकपुरधाम उपमहानगरपालिकामा पनि गठबन्धन गर्ने लोसपाको तयारी रहेको छ । त्यहाँका लागि औपचारिक संवाद सुरु नभए पनि स्थानीय कार्यकर्ता तथा नेता तहमा आन्तरिक छलफल सुरु भइसकेको छ ।

प्रतिकृया