• २३ भदौ २०८३, मंगलबार
  • ५ः१७ बिहान

एनआईसी एशियाको नाफा ३.६० अर्ब

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०७:१९

७ बैशाख २०७९, काठमाडौँ : एनआईसी एशिया बैंकले चालू आ.व. २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएको बैंकले बताएको छ ।

National Life

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पुर्‍याउन सफल भएको जनाएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप सङ्कलन रु. ३०२.८१ अर्ब पुगेको छ भने खुद मुनाफातर्फ रु. ३.६० अर्ब आर्जन भएको देखिएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।


यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी रहेको दाबी गरिएको छ । यसका साथै बैंकले वार्षिक प्रति शेयर आम्दानी रु. ४१.९४ आर्जन गर्न बैंक सफल भएको जनाएको छ, २७ वटै वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोभिड–१९ को विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ । बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप भएको पनि बताएको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।


साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंक आ.व. २०७८/७९ को दोस्रो त्रैमासमा पनि कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित काउन्टर सङ्ख्या, एटिएम सङ्ख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफामा मुलुकका अन्य वाणिज्य बैङ्कहरूमध्ये पहिलो स्थान (ग्राहक सङ्ख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको जनाइएको छ ।

प्रतिकृया