• २२ भदौ २०८३, सोमबार
  • १ः१४ दिउँसो

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ११:२९

४ वैशाख २०७८, काठमाडौं : महानगरपालिका-२६ मित्रनगरबाट १ थान दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिल बहादुर तामाङ रहेका छन् ।

National Life

उक्त स्थानमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।


उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया