• १५ साउन २०८३, शुक्रबार
  • ३:०५ बेलुका

कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक आज बस्दै

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ०९:०६

२ बैशाख २०७९, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने प्रवक्ता डाक्टर प्रकाशरण महतले जनाकारी दिएका छन् ।


बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनसम्बन्धी छलफल केन्द्रित हुने छ। जहाँ उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

Kamana Sewa

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया