• २२ साउन २०८३, शुक्रबार
  • १०:१० बिहान

पश्चिम नवलपरासीमा एक सुविधासम्पन्न होटेल सञ्चालनमा

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०१:३२

बैशाख १ २०७९, काठमाडौं : पश्चिम नवलपरासीमा एक सुविधासम्पन्न होटेल खुलेको छ । उक्त जिल्लाको रामग्राम नगरपालिका-३ स्थित सदरमुकाम परासी बजारमा सुविधासम्पन्न होटेल सिद्धार्थ पार्क रिजेन्सी सञ्चालनमा आएको हो ।


६ कट्टा क्षेत्रफलमा करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटलमा सुपर डिलक्स, डिलक्स गरि २४ वटा एसी रुमहरु छन् । यस्तै २ वटा हल, मल्टी कुजिन फाइनडाइन रेष्टुरेन्ट, लाउन्ज बार, कफी शप, रुफटफ गार्डेन रेष्टुरेन्ट समेतको व्यवस्था रहेको होटेल संचालक मनोज कुमार गिरीले बताए ।

Kamana Sewa

शान्तिका अग्रदूत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तूप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटेल नरहेकाले यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटलका संचालक गिरीले बताए ।

Classic Tech Desktop

प्रतिकृया