• २२ साउन २०८३, शुक्रबार
  • २:५० बेलुका

सशस्त्रमा एआईजी बढुवा गर्न ३ दिने सूचना जारी

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार १२:०९

१ बैशाख २०७९, काठमाडौं : सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।


सशस्त्र प्रहरीमा एआईजीको रिक्त रहेको १ सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।

Kamana Sewa

अर्याल र पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए भने गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । प्रतिस्पर्धीहरुलाई बढुवा प्रयोजनका लागि आवश्यक प्रमाण पत्रका प्रतिलिपीहरु संलग्न गरेर मूल्याङ्कन फारम ३ दिनभित्र बुझाउन भनिएको छ । ‘सशस्त्र प्रहरी नियमावलीको नियम ५१ सँग सम्बन्धित मूल्याङ्कन फारम भरेर गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना प्रकाशन गरिएको छ’–बुधवार जारी सूचनामा भनिएको छ ।

Classic Tech Desktop

अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आइजिपी नियुक्त हुने छन् । बुधवार नियुक्त आईजीपी केसी वैशाख १८ मा अवकाशमा जाँदै छन् ।

प्रतिकृया