• २२ साउन २०८३, शुक्रबार
  • २:५१ बेलुका

नर्भिक अस्पतालको ८ तले अत्याधुनिक भवन निर्माण कार्य सुरु

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार १२:०९

बैशाख १ २०७९, काठमाडौं : नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको छ । । नर्भिकको आज २९ औँ वार्षिकोत्सवको अबसरमा भवन निर्माणको काम सुरु गरेको हो ।


हाल भइरहेको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालेको प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।

Kamana Sewa

अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिलाई दिएको जनाइएको छ । भवन निर्माण हुना एक वर्ष लाग्ने निमार्ण टिमले जनाएको छ । । कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ आधुनिक भवन क्यान्सर ट्रिटमेन्टको लागि सबै सुविधा सम्पन्न हुने भएको छ ।

Classic Tech Desktop

प्रतिकृया