• २० भदौ २०८३, शनिबार
  • ५ः५२ बिहान

न्यु योर्क शहरका मेयरलाई कोरोना

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ०४:१४

२८ चैत २०७८, काठमाडौं : अमेरिकाको न्यु योर्क शहरका मेयरलाई कोरोना भाइरसको संक्रमण भएको छ । मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको मेयरको कार्यालयले जनाएको हो ।

National Life

मेयरको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सीएनएनका अनुसार मेयर आडम्सलाई कोभिडको खासै गम्भीर लक्षण देखिएको छैन ।


यद्यपि परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएपछि भने उनी अहिले आइसोलेसनमा बसिरहेका छन् । उनी अझै एक साता कुनै सार्वजनिक कार्यक्रममा सरिक नहुने बताइएको छ । न्यु योर्क शहरमा कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि सेवा उपलब्ध छ ।

Classic Tech Desktop

अमेरिकामा कोरोना भाइरस अझै निर्मूल भइसकेको छैन । त्यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिकृया