• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ११:२०

२७ चैत २०७८ काठमाडौं : दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

National Life

छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घाइते भएका छन्। घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका–८ बनगाउँमा बेलुका दुर्घटनामा परेको थियो।


दुर्घटनामा परी गम्भीर घाइते घोराही उपमहानगरपालिका-१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमालको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार मोटरसाइकलको हेडलाइट बल्दैन थियो। त्यसैले बाटोमा थुपारेको बालुवामा परी मोटरसाइकल दुर्घटनामा परेको हो।

प्रतिकृया