बर्डफलू र जनस्वस्थ्य
प्रकाशित मिति
२०७८ चैत्र २२ गते, मंगलवार ०९:३८
डा. केदार कार्की
२२ चैत्र २०७८ काठमाडौं: बर्डफलु एउटा भाइरसका कारण हुने रोग हो । जनु पंक्षि एवं पंक्षिहरुबाट मानिसमा सर्दछ । यसैले यो रोग मानिसहरुका लागि खतरनाक सावित हुन सक्छ । यो रोग एच –५ एन –१ भाइरसका कारण फैलिन्छ । जस्लार्य एभिएन इन्फलूएन्जा पनि भनिन्छ । यो भाइरस धेरै प्रकारका हुन्छन् जसमा सबै भन्दा घातक एच–५ एन –१ लाई मानिन्छ । एभीएन इन्फलुएन्जा भाइरस सामान्यतया पानीमा बसोबास गर्ने पंक्षिहरुमा पाइन्छ । जसलाई रोग वाहक मानिन्छ । तर यो भाइरस घर पालुवा कुखुरा एवं अन्यमा सजिलै फैलिन सक्छ ।
लक्षणहरुः
कुखुराहरुमा रोग सामान्य वा गम्भीर हुन सक्छ । सधै जसो झै कुखुराको पखेटा लत्रीने, फुल पार्ने कम हुने गर्दछ । यस प्रकारका लक्षणहरु धेरै मानवीय हस्तक्षेप बीना नै चाडै निको हुने गर्दछ । इन्फलुएन्जाको अर्को रुप जनु एच–५ एवं एच–७ को प्रकारका कारण हुन्छ । बाहिरी लक्षणहरुका साथै तीव्र मृत्यु हुने गर्दछ । एभीएन फलुको भाइरस ले शरिरको ज्ञनेद्रियहरुलाई बढी प्रभाबित गर्दछ । यसैले कुखुराको बथान मा हिडदा लडने, घाटी एवं पखेटा बटारने लतार्नै जस्ता लक्षण देखिन्छ । चारो कम खाने जरो ४४ डिग्री सेल्सियस हुने प्यास कमलाग्ने एवं छाला मुनी हावा भरीने हुन्छ । संक्रमणको शुरुमा उष्मायनको लगभग २० घन्टा पहिले कुखुराहरु झोक्रयाउने आखा बन्द गर्ने एवं गहिरो सास लिने गर्दछन सिउर एवं लोती कालो हुने श्लेष्मा झिल्लीमा रातो हुने गर्दछ ।उपचारः कुखुराको लागी हालसम्म उपचार संभव भएको छैन ।

बर्डफलुका लक्षणहरु मानिसमा:
त्यसो त सामान्यतया कोरोना भाइरस एवं बर्ड फलूका लक्षणहरु धेरै हद सम्म मिल्दा जल्दा हुन्छन् । तर पनी बर्डफलु भाइरस अर्थात एच–५ एन–१ को संक्रमण भएका वेला लक्षणहरु देखापर्ने गर्दछन् । सामान्य रुघाखोकी, खोकी लाग्नु, नाक बग्नु घाटी खस खस हुनु ज्वरो आउनु टाउको दुख्नु मांशपेशिहरु दुख्नु बेचैनी इत्यादी देखापर्न थाल्छ ।

बर्डफलु कसरी फैलीन्छ ?
बर्ड फलू फैलीने कारण संक्रमीत पंक्षि प्रजाती हरुको विष्टा, नाक मुख आंखाको श्राव सङग सम्पर्कमा आउनुलाई जिम्मेबार ठह¥याउन सकिन्छ । राम्रोसँग नपाकेको कुखुराको मासु एवं फुल खानाले पनि यो रोग लाग्न सक्छ । सामान्या यो घरेलु कुखुराको माध्यमबाट फैलिन्छ । मानिसमा बर्ड फलु माइरसको संक्रमणमा २–५ दिनको उष्मायान अवधि हुने गर्दछ । जनु १६ दिन सम्म जान सक्छ ।
बर्डफलु बाट कसरी बच्ने:
बर्डफलु अर्थात एच–५ एन –१ भाएरसको रुपमा जीवीत वा मरेको पंक्षिहरुको सम्पर्कमा आउनाले हुने गर्दछ । यस बाहेक दुषित वातावरणको सम्पर्कमा आउनाले पनि वर्डफलको खतरा रहन्छ । जनसमुदायमा यसको संक्रमण सजिलै हुन सक्छ । यसैले कुखुराका बथानमा यस रोगको संक्रमण देखिदा मानिसमा रोग फैलीने सम्भावना बढेर जान्छ । यी सबै कुराहरु दृष्टीगत गर्दै हामीले बर्डफलू भाइरसको खतरा बाट बच्नु पर्नेहुन्छ । जसले गर्दा यस बर्डफलूबाट सुर क्षित हुन जरुरी रेहेको छ । यसका लागि तल दिइएका केहि महत्वपूर्ण बुदाहरु अनीवार्य अवलम्वन गर्नु पर्ने हुन्छ ।
१) पंक्षि प्रजातीको सम्पर्क बाट बचौ:
किनकी पंक्षिहरु बाट मानीसहरुमा भाइरस फैलिन्छ । यस बाहेक पंक्षिहरु को नाक कान मुख बाट निस्कने श्राव एवं मत विष्टाबाट पनि फैलिन सक्ने हुदा सवैको सम्पर्क बाट वच्नु पर्ने हुन्छ ।
२) सरसफाइमा ध्यान दिने:
पक्षिहरुलाई नाङगो हाथले नसमात्ने एवं तीनीहरुबाट दुरी बनाई राख्ने, जस्ले गर्दा एच–५एन–१ बाट बच्न सकियोस । किनभने बर्डफलु भाइरस लगभग ९–१० दिन सम्म विष्टा एवं याल द्धारा फैलीन सक्छ ।
३) कुखुराको मासु फुल नछुनुहाेस्:
काचो मासु एवं फुलले पनी मानीसलाई संक्रमण गराउन सक्छ । यसैले कुखुराको मासु फुल धुदा हाथमा पन्जा एवं मुखमा मास्क अनीवार्य लगाउनु पर्दछ । किनकी दुषिट भुइतल का माध्यमबाट पनी भाइरुसको संक्रमण हुन सक्छ ।
४) कुखुराको मासु फुल राम्रो सङग पकाएर खानुहाेस्:
कुखुराको मासु एवं फुल लाई करिव ६० डिग्री सेल्सियस मा पकाएर खानु पर्ने हुन्छ । जस्ले गर्दा भाइरस नष्ट हुन्छ ।




प्रतिकृया