• १६ असोज २०८३, शुक्रबार
  • २ः०२ राती

अर्जेन्टिना बराबरीमा रोकियो

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०८:३१

१६ चैत्र २०७८, काठमाडौँ : फिफा विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो।

National Life

अर्जेन्टिनाका जुलियन अल्भारेजले खेलको २४औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । इक्वेडरका इन्नर भ्यालेन्सियाले इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्‍याएका हुन् ।


यस अघि नै विश्वकपमा स्थान बनाइसकेको अर्जेन्टिना यो बराबरीसँगै १७ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इक्वेडर २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया