• २० असोज २०८३, मंगलबार
  • २ः३७ राती

अफगानिस्तानमा स्कूल खोल्नुपर्ने माग गर्दै महिला र बालिकाको प्रदर्शन

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ११:२०

१३ चैत २०७८, काठमाडौं : महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै अफगानिस्तानमा विरोध प्रदर्शन भइरहेको छ । काबुलमा भएको यो विरोध प्रदर्शनमा धेरैजसो महिला तथा बालिकाले भाग लिएका थिए । उनीहरुले आफ्नो हातमा पम्प्लेटहरू बोकेका थिए जसमा स्कूल खोल्नुपर्ने माग र ‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका थिए ।

National Life

प्रदर्शनकारीको यो समूहले शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गरेका छन् । यो प्रदर्शन तालिबानको सशस्त्र बलको अगाडि चलिरहेको थियो तर उनीहरुलाई कुनै हस्तक्षेप भने गरिएको थिएन । तालिबानले पहिला प्रदर्शन रोक्ने गर्दथे र प्रदर्शनमा भाग लिनेहरूलाई हिरासतमा लिइन्थ्यो तर यसपटक प्रदर्शन जारी राख्न दिइयो ।


प्रदर्शनमा उपस्थित एक महिला शिक्षकले बीबीसीसँग भनिन्, ‘जब स्वतन्त्रताका लागि र जुन बालबालिका स्कूल जान चाहन्छन्, उनीहरुका लागि उभिने कुरामा म त मर्नका लागि पनि तयार छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘हामी आफ्ना बालबालिकाको शिक्षाको हकका लागि यहाँ छौँ । अधिकार बिना त हामी पहिले नै मरिसकेका छौँ ।’

एजेन्सी

प्रतिकृया