माैसम : प्रदेश १ र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना
प्रकाशित मिति
२०७८ चैत्र १२ गते, शनिबार ०७:५२
१२ चैत २०७८, काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आइतबार पनि प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै सोमबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।







प्रतिकृया