• १७ असोज २०८३, शनिबार
  • १२ः३४ दिउँसो

परिवारकै सदस्यबाट महिलामाथि एसिड प्रहार

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०८:०९

११ चैत २०७८, काठमाडौं : कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ। उनीमाथि आफ्नै परिवारका सादस्यले एसिड प्रहार गरेको जनाइएको छ ।

National Life

पर्सा वीरगन्ज उपमहानगरपालिका १३ श्रीपुरका उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेललाई परिवारकै सदस्यहरुले एसिड प्रहार गरेर फरार भएको बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन्।


कलैयामा माईती घर बस्दै आएकी पटेललाई आफ्नो माईती जेठाजु रामबाबु साह र ससुरा हवारी साह ना.६०प ७२७९ नम्बर को स्कुटीमा एसिड प्रहार गरेको थापाले जानाकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

एसिडबाट घाइते भएकी महिलाकाे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । एसिड प्रहार गर्नेलाई खोजतलास गर्न वीरगन्ज प्रहरी पठाइएको थापाले बताए।

प्रतिकृया