• १८ असोज २०८३, आइतबार
  • ६ः५४ बिहान

एनआरएनएको आकस्मिक बैठक आह्वान, महाधिवेशन र विश्व सम्मेलनबारे छलफल हुने

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०६:४२

११ चैत्र २०७८, लण्डन : गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा। हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय राति ९ बजे बस्न लागेको हो । शर्माका अनुसार संघको ८३औं बैठकमा शनिवारदेखि शुरु हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ ।

National Life

बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको एजेण्डा प्रस्तुत हुनेछ ।

प्रतिकृया