• १८ असोज २०८३, आइतबार
  • ७ः०८ बिहान

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०६:४६

११ चैत्र २०७८, कााठमाडौँ : चिनियाँ विदेशमन्त्री वाङ यी आगामी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

National Life

यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ । भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।


नेपालको संसदबाट एमसीसी पारित भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया