• २५ भदौ २०८३, बिहीबार
  • ८ः५४ राती

लोडसेडिङ हुन दिदैनौँ : कुलमान

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०३:५०

० चैत्र २०७८, काठमाडौं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुन नदिने दाबी गरेका छन् । आज बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।

National Life

‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ । ’भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताएका ।


अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन ।

Classic Tech Mobile
Classic Tech Desktop

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताए । यस्तो समस्या सँधै नदेखिने भन्दै उनले लोडसेडिङ नहुने दोहोर्‍याए ।


‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छौं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’


त्यस्तै आज ३८ रुपैयाँ प्रतियुनिट बिजुली खरिदका लागि बोल लगाएकोले राति १२ बजेदेखि उद्योगहरुले पर्याप्त बिजुली पाउने घिसिङले जानकारी दिए।

प्रतिकृया