बाटो पिच नहुँदाको आक्रोश : एमाले नेता फुयाँल माथि खनिय स्थानीयवासी
प्रकाशित मिति
२०७८ चैत्र १० गते, बिहीबार ०९:२७
१० चैत्र २०७८, काठमाडौँ : जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्याखर्याख्ती पारेका छन् । काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारे । त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै एमाले नेता एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाँल प्रहरीहरुसहित त्यहाँ पुगे ।
तर स्थानीयले उनलाई घेरा हालेर आजसम्म पनि बाटो किन पिच नगरेको भन्दै प्रश्न गरे । फुयाँलले ठेकेदारलाई दोष देखाउँदै जोगिने प्रयास गरे । तपाईंहरुको लागि लड्या लड्यै छु, बाटो पिच गराउँछु भन्दै आश्वासन दिए । तर स्थानीय झर्किए । उनीहरुले कुर्सिको लागि राजनीति गरेको, परिवारको लागि लडेको भन्दै आलोचना गरे ।
त्यसको जवाफमा फुयाँलले भने– म म अफिसर छोडेर राजनीतिमा आएको, जनताको लागि आएको । कजना स्थानीयले भोटको राजनीति गरेको आरोप लगाउँदै फेरि प्रश्न गरे-कुर्सिको लागि पार्टी फुटाएको तिमीहरुले होइन ? भिडबाट अनेक प्रश्नहरू बर्सिएपछि फुयाँल केही नरम देखिए । ठेकेदारलाई बोलाएर भोलि नै बाटो पिच गराउन थाल्ने बताउँदै उनले भने, ‘आज बाटो खोलौं । भोलि बिहान आठ बजे यही थली चौरमा मिटिङ गरौं ।’
तर स्थानीयले मानेनन् । १० वर्षसम्म नभएको काम भोलि एक दिनमा बन्छ र रु भन्दै प्रश्न गरे । उनीहरुले आजै काम सुरु नभएसम्म बाटो नखुलाउने अडान लिए । अनि स्थानीयले नारा लगाउन थाले- बाहाना बनाउन पाइँदैन, पछि हट्न पाइँदैन, झुठो आश्वासन मान्दैनौं‘ ।






प्रतिकृया