IIFA Award के हो र यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले कुनै पनि राष्ट्रलाई कस्तो असर पार्छ भन्ने बिषयमा खोजमुलक लेख
प्रकाशित मिति
२०७६ असार २३ गते, सोमबार ०६:३०
रीना भट्ट पाटन क्याम्पस राजनीति शास्त्र
अन्तर्राष्ट्रिय ईन्डियन फिल्म एसोसिएसनलाई अंगेजीमा IIFA(International Indian Film Association) भनिन्छ । यसले हिन्दी भाषाको चलचित्र निर्माण क्षेत्र जुन भारतको न १ अर्थतन्त्रको श्रोत मानिन्छ जसको क्षेत्रलाई बलिउड भनिन्छ जो बिश्वको न १ चलचित्र क्षेत्रको उध्योग भनिन्छ।

जसलाई बिश्वको अरबौ मान्छेले हेर्छन् र यो क्षेत्रको फिल्मको रिलीज बिश्वको करिब १९६ राष्ट्रमा एकैसाथ हुन्छ। यो उध्योगका कलाकारहरू पनि बिश्व प्रसिद्ध हुन्छन् र बिश्वकै धनाढ्य बर्ग हरुमा पर्छन्। यस्तो क्षेत्रमा काम गर्ने कलाकार, फिल्म निर्देशक, र फिल्म निर्माता हरूलाई बिश्वको बिभीन्न राष्ट्हरूको भुमीमा लगेर भब्य कार्यक्रम द्वारा सम्मानित गरिन्छ जसलाई नै IIFAनामले सम्बोधन गरिन्छ।

IIFA सर्वप्रथम २०००मा सर्वप्रथम लण्डन मा गरीएको थियो। यो कार्यक्रम आजसम्म १८ वटा राष्ट्रमा भईसकेको छ जसमध्ये लण्डन, मलेसिया, सिंगापुर, अफ्रिका, थाइल्याण्ड, अमेरिका, क्यानडा श्रीलङ्का, चीनको मकाउ र मरिसस् आदि राष्ट्हरूमा भै सकेको छ । यी राष्ट्रहरूमा यो कार्यक्रम आयोजना गर्दा आजसम्म जुन राष्ट्रमा यो कार्यक्रम हुनेछ त्यो राष्ट्रले नै कार्यक्रम संचालन गर्न सम्पूर्ण आर्थिक भार संचालक राष्ट्रले बेहोर्नुपर्ने प्रावधान यो IIFA का संचालकहरुको सर्त रहेको छ।
जसलाई आज सम्म कार्यक्रम संचालन गर्ने राष्ट्रले नै बेहोरदै आएको छ। कार्यक्रम संचालक ले कार्यक्रमको लागि र कलाकारहरुको आउन जान हबाई टिकट बस्ने ब्यबस्था सुरक्षाको ब्यबस्था र कार्यक्रम संचालनमा लाग्ने सम्पूर्ण खर्च बेहोर्दै आइरहेका छन्। यसरी यो कार्यक्रमलाई बिश्वको राष्ट् हरूले किन आर्थिक भार बहन गरेर भारतीय फिल्म उद्योगका कलाकार लाई सम्मान प्रदान गर्न आखिर किन आफ्नो राष्ट्रमा खर्च गरेर कार्यक्रम संचालन गरी राखेका छन् त? यो प्रश्न को उत्तर बुझ्न २०१०को श्रीलङ्कामा आयोजित ११औ IIFA बुझ्नुपर्ने हुन्छ।
तामिल पृधकताबादीहरू संगको गृह युद्ध करिब ३०बर्ष सम्म चलेर समाप्त भै शान्ति स्थापना प्रक्रिया तर्फ अग्रसर भएको अबस्थामा 2010 मा राष्ट्रपति महेन्दा राजपाक्षको नेतृत्व कालमा पहिलो पटक श्रीलङ्का जस्तो युद्ध को घाउले आक्रान्त, तथा बिकाशमा स्थिरता कायम भैरहेको राष्ट्रले IIFA कार्यक्रम संचालन गर्ने निर्णय गर्यो। प्रारम्भमा यो निर्णयको बिषयमा त्यहाँ पनि श्रीलंकन फिल्म निर्माण क्षेत्रले बिरोध गरेको थियो।
साथै तमिल पृथकताबादिहरूको गृहयुद्ध र भर्खर मात्र शान्ति प्रक्रियामा आएको राष्ट्रमा यस्तो किसिमको अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको कार्यक्रम संचालन गर्नु पर्दा सो कलाकारहरुको रक्षाको लागि संयुक्त राष्ट्र संघले समेत बिज्ञप्ती निकालेर सुरक्षा व्यवस्था गम्भीर भएकोले नजान समेत आग्रह गरेको थियो तर भारतिय अधिकांश कलाकारहरू जसमध्ये अमिताभ बच्चन, अभिषेक र एश्वर्या, शाहारुख सलमान र रितीक जान अग्रसर भएको हुनाले आयोजकले खुसीका साथ कार्यक्रम सम्पन्न गरेको थियो।
प्रारम्भमा बिबेकओबराय, रितेस देशमुख र एकजना अभिनेत्री संग तीन सय भारतीय संभान्त्र वा संपन्न परिवारका जनताहरू ठूलो हबाई जहाज द्वारा श्रीलङ्का पुगेका थिए । करिब ६हजार यात्री सो कार्यक्रममा कलाकार हरुको साथ कार्यक्रम स्थलमा पुग्ने गरेको तथ्याङ्क ले उल्लेख गरेको जसमध्ये अधिकांश भारतिय जनता र अन्य मा दुबई, कतार इरान र अन्य खाडि राष्ट्रका सम्पन्नशाली ब्यक्ती र बिभिन्न अटोमोबाइल कम्पनीका मालिकहरू समेत टुरिस्ट भिसामा IIFA आयोजना हुने राष्ट्हरूको भ्रमणमा जाने गरेका छन्। यो कार्यक्रमलाई भारतीय चलचित्र प्रदर्शन हुने सबै राष्ट्रहरू का मानिसहरूले रुची पूर्ण रुपमा हेर्छन् यसरी श्रीलङ्का जस्तो तत्कालीन द्वन्द्वबाट निस्कीदै गरेको आर्थिक रूपले कमजोर समयमा IIFA Award कार्यक्रम सम्पन्न गराएर निम्न लिखित उपलब्धि हासिल गरेको थियो ।
(१) कार्यक्रमको सर्त बमोजिम आयोजक राष्ट्रको रूपमा श्रीलङ्का ले करिब 6 अर्ब रूपैयाँ लगानी भएको थियो तर कार्यक्रम सम्पन्न भईसकेपछि उसले आफ्नो लगानीको करिब 10 गुणा बढि रकम करिब 60 अर्ब कमाउन सफल भएको कुरा तत्कालीन श्रीलंकन पर्यटन मन्त्री S kalaiselvamले जानकारी दिनुभएको थियो।
(२)भारतीय नागरिक र अन्य राष्ट्रको नागरिकको भारतिय कलाकार सहित सहभागीले श्रीलङ्काको ब्यापारीक बजार बाट करोडौ रुपैयाको श्रीलङ्कन उत्पादन को सामान हरूको खरिदारी भएको थियो जसले बिश्वको बजारमा श्रीलङ्काको सामान लाई पुर्याउन सफल भएको थियो जसबाट उसले प्रसस्त आम्दानी नी हातपार्न सफल भयो।
(३) तमिल पृथकताबादिहरूको गृहयुद्धको प्रत्यक्ष प्रभाव पारेको क्षेत्रका मानिसहरूको जीवन स्तरलाई अगाडि बढाउनलाई र युद्ध ले ध्वस्त गार्मीण इलाकालाई पुनः बिकाश मा सहयोग पुर्याउने उद्देश्यले आइफा कार्यक्रममा उपस्थित सिने कलाकार हरू साहारूख खान, सलमान खान, रितिक रोशन, सुनील सेट्टी, रितेश देशमुख आदि कलाकारको आपसी छलफलको आधारमा सोही अवसरमा “T2o iifa entertainment cricket match” संचालन गरेको थियो जसमा iifa को तर्फबाट भारतिय सिने कलाकार शाहरूख खान को कप्तानीमा भारतिय सिने कलाकार र भारतिय क्रिकेट टोलीका खेलाडीहरू तथा श्रीलङ्काको तर्फबाट श्रीलंकन राष्ट्रिय खेलाडी र भुतपूर्ब खेलाडी मिश्रीत टिम को बिच खेलकुद प्रतियोगिता भएको थियो जसमा श्रीलङ्काको तर्फबाट Muthiha murlitharan,sanat jai surya, कुमार sangakara तथा mahila jayawardena आदि थिए ।जसबाटसंकलन रकम लाई श्रीलङ्का को गाउँ को बिकाश मा लगाएको थियो।
(४) तत्कालीन समयमा बिश्वको सर्वाधिक धनी ब्यक्ती मध्ये चौथो नम्बर का भारतीय नागरिक मुकेश अम्बानि र उसका परिवारको सदस्यहरू आफ्नो नीजी जेट बिमान द्वारा श्रीलङ्का पुगेका थिए। जस्ले iifa लाई बिशेष महत्व दिदै यो कार्यक्रम संचालन गर्ने राष्ट्रको बिकाश मा आफ्नो लगानीको लागि राष्ट्रपति राजापाक्ष संग भेटी बिभिन्न क्षेत्रमा काम गर्ने सहमति जनाई काम सुरु गरेका थिए।
(५) iifa कार्यक्रम मा सिने कलाकार बाहेक फिल्मका निर्देशक निर्माता र लगानी कम्पनी हरुको उपस्थितिले श्रीलङ्काको चलचित्र निर्माण क्षेत्रमा पनि आबस्यक लगानी गर्ने र श्रीलङ्काको भूमि फिल्म सुटिङको लागि महत्वपूर्ण स्थलको रुपमा चुनेर सो समयबाटै बिभिन्न मुबी हरूको छायाँङकन प्रारम्भ भै आज पनि श्रीलंकन भूमिमा भारतीय फिल्म मात्र नभएर कोरियन फिल्म, पाकिस्तानी फिल्म र UAE का फिल्म र अन्य कार्यक्रम हरुको पनि छायाङ्कन भै रहेको छ जसले श्रीलङ्काको पर्यटकिय प्रबर्द्धनमा ठूलो योगदान दिएको छ।
(६) श्रीलङ्काको कोलम्बो बिमान स्थलबाट IIFA कार्यक्रम संचालन स्थल सम्म express Hitachi train संचालनको लागि सहयोग आइफा कार्यक्रममा उपस्थित निर्माता तथा बिभिन्न बिज्ञापन कम्पनी हरुले गर्ने बारेमा सहमति भएको थियो।
(७)IIFA Business Forum हरुको सम्मेलन आयोजना गरी सो समयमा श्रीलङ्का र यीनीहरू बिच बिभिन्न बिषयमा लगानीका लागि सहमति हरु भए जसको कारण आज श्रीलङ्का मा मोबाइल अफर्स Facebook asses free of charge for millions भनेर लागु भयो ।सोही समयदेखि jun 23 बाट नै छ वटा नयाँ नयाँ अन्तर्राष्ट्रिय बैंक का साखा हरू समेत खुलेको थियो।
यसरी श्रीलङ्काले 2010 मा IIFA कार्यक्रम द्वारा 30 बर्षको संघर्षको अन्त्यको उत्सव कार्यक्रमको रूपमा संचालन गरेर करोडौ बिश्वको मानिसको मानसपटलमा श्रीलङ्कालाई, टेलिभिजन कार्यक्रम IIFA मार्फत र युटुब मा सश्क्राइबर मार्फत श्रीलङ्काको पर्यटकिय छबिलाई छाप्न सफल भएको थियो। जसबाटसंकलन रकमलाई श्रीलङ्काको द्वन्द्वबाट क्षति भएको क्षेत्र लाई उकास्न धेरै सफल भयो। यो कार्यक्रम लाई भारतीय जनताले मात्र होइन बिश्वको अनेक राष्ट्रका भारतीय चलचित्र थिएटरमा प्रदर्शन हुने राष्ट्हरूका जनताले अत्यन्त रुचाएर टेलिभिजन मार्फत र utube मार्फत हेरिदिने हुदा करोडौ दर्शकको माझमा आफ्नो राष्ट्रको प्रचारप्रसार हुने हुदा यो कार्यक्रम लाई आजसम्म बिश्वकाठूला भन्दा ठूला राष्ट्रहरूले गौरबको साथ संचालन गरिरहेको इतिहास साक्षी छ।
जसको बारेमा हामीले अध्ययन गर्न सक्छौ। 2019 मा यो कार्यक्रम नेपाल को काठमाडौंमा गर्ने भन्ने सुन्नमा आएको छ र यहाँ यो बिषयमा र आईफा अवार्ड सोको सुरक्षाको बिषयमा ठूलो बादबिबाद भै नै रहेको छ। कुनै पनि राष्ट्रको सरकारले अन्तर्राष्ट्रिय रंगमन्चका ठूलो ब्यक्तीत्वहरूको सूरक्षा आफ्नो देशको भूभागमा पूर्ण रूपमा गर्नै पर्छ। यदि सरकारले आधुनिक टेक्नोलोजीको माध्यमबाट सुरक्षा व्यवस्था कडा पार्नु पर्ने अबस्थामा, र आफूसित सो हातहतियार तथा तक्नीकीको कमी हुदा हुदै जानकारी बिना सुरक्षा दिदा केही घटना घट्यो भने त्यस्तो अबस्थामा जिम्मेवारी बहन गर्ने देशको दोश हुन जान्छ तसर्थ अधिकांश साना देशमा ठूला राष्ट्रहरूको उच्च ब्यक्तीको भ्रमण सुरक्षा ब्यबस्थालाई कडा भन्दा कडा बनाउन आधुनिक हातहतियारको प्रयोगलाई रोक्ने तक्नीकी नहुदा सुरक्षा ब्यबस्था मिलाउन सम्बन्धित देशकै सूरक्षा संयन्त्रहरु आऊदछन जुन नेपालमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा पनि भएको थियो।
यस्तै गरि श्रीलङ्कामा सम्पन्न कार्यक्रममा सुरक्षा ब्यबस्था कडा बनाउन भारतीय सुरक्षानिकायले नै सुरक्षा प्रदान गरेको थियो किनभने सो समय श्रीलङ्का को 35 बर्षिय पृथकताबादिहरूको युद्ध समाप्त भै संक्रमण कालमा हिडीरहेको अबस्था थियो। आज नेपालपनि संक्रमण कालको स्थितिबाट गुज्रेर भर्खर संविधान बनी स्थिर सरकार आएको अबस्था छ। यस्तो अबस्थामा उच्च ब्यक्ती लाई सुरक्षा जुनसुकै राष्ट्र ले पनि पहिलो प्राथमिकतामा राखेकै हुन्छ। नेपालको परिप्रेक्ष्यमा के कुरामा बिबाद हो? त्यसको समाधान छलफलद्वारा गर्न सकिन्छ।
तर सरकार र बीपक्षीको आधारमा नेपाल र नेपालीले एकअर्का सित बिबाद नै गर्दैजाने हो भने बल्ल बल्ल प्राप्त भएको स्थीर सरकारलाई नै गुमाउन बाध्य हुन्छौ र देश लाई पुन गृह युद्ध मा धकेल्न पनि सक्छौ साथै सरकारले पनि यस्तो कार्यक्रम आयोजना गर्नु पर्दा जनतालाई पुरा जानकारी दिएर मात्र आयोजना गरेमा र लगानी गर्दा जनता लाई र राष्ट्रलाई कसरी फाइदा हुन्छ भन्ने कुरा बारे देशैभरिका अर्थशास्त्र काबिदृवान मार्फत छलफल चलाई कार्यक्रम गर्ने नगर्ने निर्णय गर्न सकेको खण्डमा नेपाल र नेपाली को लागि राम्रो हुन्छ होइन र हचुवा को भरमा यसको नकारात्मक असर भन्दै बिरोध मात्र गर्ने हो भने 2020 को नेपालको पर्यटकिय बर्ष लाई सफल बनाउन सकिने एउटा कडि IIFA Award कार्यक्रमलाई गुमाउन बाध्य हुन्छौ।
यो कार्यक्रम सिर्फ नेपालमा मात्र हुन खोजेको होइन बिश्वको अनेक राष्ट्रहरूले यो कार्यक्रमलाई खुशी खुशी का साथ संचालन गर्ने छन्। नेपालमा यसको नकारात्मक असर भनेको कार्यक्रम अबधि भर जनतालाई सिने कलाकारको सुरक्षाको कारण शहरी क्षेत्रमा आवत जावतलाई असर पर्ने हुन सक्छ। यसका अतिरिक्त खर्च र आम्दानीलाई पारदर्शी ढङ्गले जनता माझमा नपुर्याई मनपरी हुन थाल्यो भने त्यस्तो अबस्था मा यो कार्यक्रम नेपालको लागि अभिशाप हुन सक्छ।
सुरक्षा को नाममा हजारौं भारतीय सैनिकको प्रबेश भएमा यसले पनि असर गर्न सक्छ तर यो ज्यादै न्युन सम्भावना हो जो अन्तर्राष्ट्रिय कानुन बिपरित हुन्छ जसलाई अन्तर्राष्ट्रिय निकाय र चीनले सहन सक्दैन जसको कारण पाकिस्तान ले पनि भारत माथि औला उठाउन सक्छ यस्तो अवस्था मोदी ले कुनै हालतमा पनि आउन दिदैनन। मेरो यो लेख आईफा कार्यक्रम र त्यसको संचालन पक्ष सित सम्बन्धित लेख रचना को अध्ययन को आधारमा तयार पारेको लेख हो जसलाई सरकार पक्ष र प्रतिपक्षको आखांले नहेरिदिनु होला।




प्रतिकृया