• १९ असोज २०८३, सोमबार
  • ८ः५३ राती

फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार १२:५२

५ चैत्र २०७८, काठमाडौँ : सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ । बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

National Life

लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् । घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।


आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको एसपी प्रसाईंले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया